गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

हाम्रा कार्यहरु


हाम्रा कार्यहरु:

  • प्रर्वद्धनात्मक तथा प्रतिकारात्मक सेवासँग सम्बन्धित जनस्वास्थ्य कार्यकमहरु (स्वास्थ्य शिक्षा, मातृ तथा नवशिशु स्वास्थ्य, बाल स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन, किशोर किशोरी स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, सर्ने तथा नसर्ने रोग, मानसिक रोग, जलवायु परिवर्तनद्वारा सिर्जित रोगको रोकथाम / नियन्त्रण / निवारण / उन्मुलन, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक स्वास्थ्य लगायत अन्य) को योजना निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने
  • स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यक्महरुको योजना निर्माणमा सहयोग गर्ने, स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यकमहरुको कार्यान्वयन गर्ने र स्थानीय स्वास्थ्य समस्याहरु समाधान गर्नका लागि सहजीकरण गर्ने
  • जिल्लामा रहेका स्वास्थ्य संस्थामा आवश्यक पर्ने औषधी, खोप तथा औषधीजन्य स्वास्थ्य सामग्रीको परिमाण निर्धारण तथा पूर्वानुमान गरी खरिद, भण्डारण (कोल्ड चेन व्यवस्थापन) तथा वितरण एवं स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन गर्ने
  • सर्ने तथा नसर्ने रोगहरुको नियमित रुपमा स्कृनिड गरी रोगहरुको एकिकृत रुपमा निगरानी (पब्लिक हेल्थ सर्भीलेन्स) गर्ने
  • विपद तथा महामारीको अवस्थाको लागि पूर्वतयारी, जोखिमको न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने
  • एक स्वास्थ्य रणनीतिको आधारमा नयाँ तथा पुनः देखिएका रोगहरु, किटजन्य एवम् जुनोटिक रोगहरुको सम्बन्धित निकाय तथा अन्तर तह बीच समन्वय गरी रोकथाम र नियन्त्रण गर्ने
  • स्वास्थ्य सम्बन्धी तथ्याड्डको नियमित विश्लेषण गरी एकीकृत विद्युतीय अभिलेख र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्ने
  • मापदण्ड बमोजिम जिल्ला भित्रका स्वास्थ्य संस्थाको दर्ता, सञ्चालन अनुमति प्रदान, नविकरण, अनुगमन एवं नियमन गर्ने
  • स्वास्थ्यकर्मीको प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्ने
  • सूर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थजन्य वस्तुको नियन्त्रण तथा नियमन सम्बन्धी कार्य गर्ने
  • "सबै नीतिमा स्वास्थ्य" को अवधारणा अनुरुप स्वास्थ्यका बृहत निर्धारक तत्वलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने
  • स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गरी स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी र स्वास्थ्य योजनालाई तथ्यपरक बनाउने
  • प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक नीति, ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड, प्रोटोकल आदिको निर्माण, कार्यान्वयन र अद्यावधिक गर्न मन्त्रालयलाई सहयोग गर्ने
  • आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अनुगमन तथा कार्यान्वयनमा सहजीकरण गर्ने
  • मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने
  • औषधी निगरानी, औषधीको उचित प्रयोग र प्रतिजैविक प्रतिरोध न्यूनीकरण सम्बन्धी कार्य गर्ने
  • वातावरणीय स्वास्थ्य, खानेपानी, सरसफाई तथा पेशागत स्वास्थ्य सम्बन्धी कार्य गर्ने
  • जनसङ्ख्या व्यवस्थापन तथा बसाइँसराइ सम्बन्धी कार्य गर्ने
  • आन्तरिक प्रशासन (आर्थिक, प्रशासनिक) सम्बन्धी कार्य गर्ने
  • प्रदेश सरकारबाट तोकिएका एवं प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्यहरू गर्ने।

Download: हाम्रा कार्यहरु


278