• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. सूचना
  3. ७१ औं कुष्ठरोग दिवस बागलुङमा मनाईयो

७१ औं कुष्ठरोग दिवस बागलुङमा मनाईयो



७१ औं विश्व कुष्ठरोग दिवस आईतबार बागलुङमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरी मनाईएको छ । जिल्लाका विभिन्न स्थानिय तहको आयोजना, स्वास्थ्य कार्यालय बागलुङको संयोजन र फेयरमेड विवाईसी बागलुङको सहयोगमा कुष्ठरोग सम्बन्धी खोजपड्ताल शिविर, जनप्रतिनिधि सँग अन्तरक्रिया, विद्यालय शिक्षा र अन्य सचेतना मुलक कार्यक्रम संचालन गरी दिवस मनाईएको हो ।

“कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्लाको जैमिनी नगरपालिका—८ छिस्तीमा खोज पड्ताल शिविर शिविरको संचालन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले कुनै पनि रोग लाग्न भन्दा यसबाट कसरी जोगिने भन्नेमा सवैले सचेत हुनुपर्ने बताए । उनले कुष्ठरोग निवारणका निम्ती नगरपालिकाले हरेक क्षेत्रमा यस्ता खोजपड्ताल शिविर संचालन गर्ने बताए ।

कार्यक्रममा फेयरमेडका जिल्ला संयोजक राजेन्द्र रुचालले कुष्ठरोग लाग्नबाट जोगिने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी गराएका थिए । शिविरमा १३४ जनाले स्वास्थ्य जाँच गरेका थिए । जसमा ११९ जना छाला सम्बन्धी स्वास्थ्य समस्या रहेका विरामीले स्वास्थ्य जाँच गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । शिविरमा धौलागिरी अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रभात सिंह राजपुतले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

दिवसकै अवसरमा जिल्लामा विभिन्न स्वास्थ्य संस्थाले विद्यालय शिक्षाका कार्यक्रम संचालन गरेका छन भने गलकोट नगरपालिकाले जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको घिमिरेले जानकारी दिए ।

जिल्लामा अघिल्लो आर्थिक वर्षमा १२ जना कुष्ठरोगका विरामी थिए भने यस वर्षको ६ महिनाको अवधीमा ३ जना नयाँ विरामी भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले जानकारी दिए । यस वर्ष भेटिएका विरामी बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकाका रहेका छन । कुष्ठरोग लागेपछि ६ महिना देखी १ वर्ष सम्म नियमित औषधी सेवन गरे यसको निको हुनेछ । स्वास्थ्य कार्यालयले जिल्लामा कुष्ठरोगका विरामी पत्ता लगाउनका निम्ती सवै स्थानिय तहमा खोजपड्ताल अभियान संचालन गर्ने जनाएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । यो रोग संक्रमणको सुरुको अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने जनस्वास्थ्य प्रशासक आचार्य बताउँछन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क रहेको छ ।

Download: ७१ औं कुष्ठरोग दिवस बागलुङमा मनाईयो


Share Tweet Share
67
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026