• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. बागलुङमा ३% बालबालिका खोपको पहुँच बाहिर

बागलुङमा ३% बालबालिका खोपको पहुँच बाहिर



स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा तथा जिल्ला समनव्य समितिको समनव्यमा ढोरपाटन नगरपालिका, बुर्तिबाङमा बागलुङ जिल्लाका १० पालीकाका नवनिर्वाचित स्थानिय तह प्रमुख/उप प्रमुख, प्रमुख प्रसाशकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको जिल्ला स्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्धन सम्वन्धि १ दिने अभिमुखिकरण एवं दिगोपनाको लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ। कार्यक्रमको अधक्ष्यता जिल्ला समन्व्य समिति तथा खोप समन्व्य समिति अधक्ष्य श्री अमर थापाले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यलय बागलुङका प्रमुख प्रविण शर्मा, खोप सुपर्भाइजर राजु खत्री, क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरे तथा परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले गर्नु भएको थियो।

जिल्लामा झण्डै तीन प्रतिशत बालबालिका अझै खोपको पहुँचबाट छुट्ने गरेका छन् । ९० प्रतिशत खोपको पहुँच रहेकोमा हाल ८८ प्रतिशत बालबालिकाले पुर्ण खोप पाएको स्वास्थ्य कार्यालय बागलुङको तथ्यांक छ ।

खोप सुपरभाईजर राजु खत्रीका अनुसार जिल्लाका ढोरपाटन नगरपालिकामा १९ प्रतिशत बालबालिका खोपको पाउनबाट छुट्ने गरेका छन् । ढोरपाटनको माथिल्लो क्षेत्रको भौगोलिक विकटना र खोपप्रतिको चासो कम हुँदा बालबालिका छुट्न गएको खत्रीले बताए । यहाँको ८९ प्रतिशत मात्र बालबालिकाले खोपको पहुँमा छन् । जिल्लामा अघिल्लो आर्थिक वर्षमा विभिन्न कारणले १९ जना नवशिशुको मृत्यु भएको तथ्याङ्क छ ।

बागलुङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको पनि झण्डै साढे चार वर्ष पुग्यो । बच्चा जन्मिएपछि २३ महिनाभित्र प्राप्त गर्ने खोपको मात्रा पाएपछि यसलाई पुर्ण खोपको रुपमा मानिन्छ । सबै स्थानीय तहले सबै बालबालिकाले पुर्ण खोप प्राप्त गरेको सुनिश्चित पश्चात २०७५ असारमा जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको थियो । तर अझैपनि तीन प्रतिशत बालबालिका खोपको पहुँच बाहिर रहेका हुन् ।

पुर्ण खोप सुनिश्चित गरेपनि यसको कार्यान्वयन र दिगोपनमा भने चुनौती देखिएकोप्रति बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले चिन्ता जाहेर गरेका छन् ।

स्वास्थ्य कार्यालयले जिल्लाको ढोरपाटन नगरपालिकामा आयोजना गरेको पुर्णखोपको समिक्षा र दिगोपना तथा सरसफाई प्रर्वद्धन सम्बन्धी अभिमुखिकरण र योजना तर्जुमा कार्यक्रममा बालबालिका कसरी खोपको दायारामा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागि १० स्थानीय तहका प्रमुख उपप्रमुखले स्वास्थ्य क्षेत्रमा विषेशतः आमा र बच्चाको स्वास्थ्यप्रति स्थानीय तह गम्भिर बन्नुपर्ने बताएका थिए ।

‘स्थानीय तह स्वास्थ्य क्षेत्रमा संवेदनशिल बन्नुपर्ने देखिएको छ’ गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘पुर्ण खोप सुनिश्चितका कार्यक्रम घोषणा गर्ने अभियान मात्र नभएर यसको कार्यान्वय र दिगोपन के छ त्यसको खोजी गर्न सकेका छैनौ । भन्दा पुर्ण खोप भन्ने तर बालबालिका छुटेको पाईयो यसलाई नियमिति अनुगमनको खाँचो भयो ।’

स्वस्थ जनशक्ति निर्माणमा खोपको निकै महत्व हुने हुँदा बालबालिकाको पुर्ण खोप पाउने अधिकार सुनिश्चित गर्न स्थानीय तहहरुले थप योजना अगाडी बढाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले बताए ।

स्थानीय सरकारले स्वास्थ्यलाई आधारभुत प्राथमिकतामा राख्न नसकेकै कारण अझै पनि बालबालिकाहरु खोपबाट बञ्चित रहेको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका खोप अधिकृत भरत भण्डारी बताउँछन् । उनले संघियता पश्चात संविधान स्वास्थ्यलाई आधारभुत सेवामा राखेर स्थानीय तहलाई एकल अधिकार दिए पनि स्थानीय तहले स्वास्थ्य शिक्षाभन्दा पुर्वाधार निर्माणमा नै बढि जोड दिएको बताए ।

 

Download: बागलुङमा ३% बालबालिका खोपको पहुँच बाहिर


Share Tweet Share
33
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026