बडिगाडको क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा तथा कोहर्ट बिश्लेषण सम्पन्न
बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व .२०७९/८० मा क्षयरोगबाट सम्पादित कार्यक्रमको वार्षिक समिक्षा तथा कोहर्ट बिश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।उक्त समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रबिण शर्मा र क्षयकुष्ठ निरिक्षक देबप्रकाश घिमिरेको सहजिकरणमा १० वटा स्वास्थ्य सस्थाका क्षयरोगका फोकल ब्यक्तीको उपस्थिती र स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारिको उपस्थितिमा सम्पन्न भएको थियो । बडिगाड गाउँपालिका अन्तर्गतका १० वटै स्वास्थ्य सस्थाका क्षयरोगका फोकल प्रतिनिधिहरु विच क्षयरोगमा बडिगाडको अहिलेको अवस्था तथा आगामि आ.व.मा समुदायमा रहेका जोखिम समुहको खोजपड्ताल र सम्पर्क परिक्षणको योजना तर्जुमा गोष्ठी र क्षयरोग नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा वृहत छलफल गरिएको थियो ।
Download: बडिगाडको क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा तथा कोहर्ट बिश्लेषण सम्पन्न
53
