तमानखोला गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
तमानखोला गाउँपालिकाकाे आयोजनामा आ व ०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा सम्पन्न भएको छ | उक्त कार्यक्रममा पालिका अन्तरगतका ७ वटा स्वास्थ्य संस्थाले आ व ०७९/८० को स्वास्थ्य सूचकहरु, स्वास्थ्य संस्था तथा वडाबाट स्वास्थ्य क्षेत्रमा भएका नविनतम प्रयास र आगामी आ व को कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो।सो कार्यक्रममा गाउपालिका अध्यक्ष श्री जोकलाल बुढाज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री हिरा कुमारी छन्त्याल ,प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वरलाल शाक्य , वडा अध्यक्ष एवं अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख श्री प्रविण शर्मा, क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरे , तथ्यांक अधिकृत घनश्याम सापकोटा, प्रशासन अधिकृत श्री सुरेश शर्मा, खोप सुपरभाईजर श्री राजु खत्री ,फेयरमेड फाउन्डेसन र वि वाई सि बागलुङका प्रतिनिधिहरुको समेत उपस्थितिमा स्वास्थ्य सूचक तथा स्वास्थ्य संस्था सुदृढीकरण बारेमा छलफल तथा पृष्ठपाेषण भएको थियो| कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले गर्नु भएको थियो।
Download: तमानखोला गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
94
