गलकोट नगरपालिका वडा नम्वर ३ र ४ मा शंकास्पद क्षयरोगीहरुको खकार नमुना सङ्कलन
गलकोट नगरपालिकाको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ३ र ४ मा शंकास्पद क्षयरोगीहरुको खकार नमुना सङकलन तथा जाँच गरिएको छ ।
सक्रिय क्षयरोग खोजपर्ताल कार्यक्रम अन्तर्गत हटिया स्वास्थ्य चौकी र गलकोट नगरपालिका वडा नम्वर ४ बौरमा शंकास्पद क्षयरोगीहरुको खकार नमुना सङकलन तथा जाँच गरिएको बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश बहादुर सुनारले जानकारी दिनुभयो ।
आज गलकोट नगरपालिका वडा नम्वर ३, ४, ६ र अन्य ठाँउका गरि १ सय १४ जनाको खकार नमुना सङकलन तथा जाँच गरिएको हो ।
समयमै क्षयरोगीको पहिचान र उपचार गर्ने, क्षेयरोगबाट हुने मृत्युलाई रोक्ने र समुदायमा संक्रमण घटाउने, रोग सर्ने प्रक्रियालाई रोक्ने, क्षेयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने, शंकास्पद क्षयरोगका लक्षण भएका सम्पूर्ण विरामीहरुलाई जाँचको दायरामा ल्याउने र क्षयरोग विहिन नेपालको परिकल्पनालाई साकार पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका जनस्वास्थ्य अधिकृत सुशिल पौडेल, गलकोट नगरपालिका जनस्वास्थ्य निरिक्षक मिरा शर्मा, सिनियर अहेब दिलु प्रसाद सुवेदी, हटिया स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट मनोज पुनको सहभागिता रहेको थियो ।
Download: गलकोट नगरपालिका वडा नम्वर ३ र ४ मा शंकास्पद क्षयरोगीहरुको खकार नमुना सङ्कलन
35
