RRT सम्बन्धि समन्वय वैठक सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङकाे आयाेजना र जिल्ला विपद व्यवस्थापन समितिकाे समन्वयमा मिति २०८०/०६/२३ गते प्रमुख जिल्ला अधिकारी ज्युकाे अध्यक्षतामा जिल्लाका १० स्थानीय तहका प्रमुख/उप प्रमुख, जिल्लाका सबै दलका प्रमुख तथा प्रतिनिधि,जिल्ला समन्वय अधिकारी, जिल्लामा रहेका कार्यालयका प्रमुखहरु, जिल्ला द्रुत प्रतिकार्य टाेलीका सदस्यहरु, स्थानीय तहका विपद फाेकल व्यक्तिहरुकाे सहभागितामा जिल्ला महामारी सम्बन्धि बहुपक्षिय निकायहरु विच समन्वय बैठक सम्पन्नभएकाे छ। कार्यक्रममा हाल प्रकाेपकाे रुपमा रहेका डेंगी, स्क्रवटाइफस र सापु राेगकाे विद्यमान अवस्था तथा अन्य महामारी हुन सक्ने राेगहरुकाे वारेमा स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले प्रस्तुतिकरण गर्नु भएकाे थियाे।
Download: RRT सम्बन्धि समन्वय वैठक सम्पन्न
82
