• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. बागलुङमा "प्रजनन स्वास्थ्य समन्वय समिति" गठन

बागलुङमा "प्रजनन स्वास्थ्य समन्वय समिति" गठन



जिल्ला समन्वय समिति प्रमुख श्री अमर बहादुर थापाको अध्यक्षतामा मिति २०७९/१०/२७ गते बागलुङमा "प्रजनन स्वास्थ्य समन्वय समिति" गठन भएको छ | जिल्लाको समग्र यौन तथा प्रजनन स्वास्थ्य सुदृढिकरणको लागि आवश्यक सहयोग प्रदान गर्नका लागि जिम्मेवार निकायका अधिकारी तथा विज्ञहरु सम्मिलित समिति गठन गरी कार्य गर्न वाञ्छनीय भएकाले, स्वास्थ्य कार्यालय, बागलुङले निर्देशिका बमोजिम यो समिति गठन गरेको छ | जसमा जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा प्रादेशिक अस्पतालका मे.सु, जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख ,नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधी , सम्बन्धित वडाका अध्यक्ष र पब्लिक हेल्थ नर्स सदस्य साथै स्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव रहने गरि समिति गठन भएको छ| समिति गठन संगै यस समितिको काम , कर्तब्य, र अधिकार सम्बन्धि TOR तयार गरि छलफलसहित अनुमोदन गरियो| समितिको काम, कर्तब्य, र अधिकार अन्तर्गत जिल्लाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका क्षेत्रमा प्राबिधिक सहयोग, समन्वय, सहजीकरण र अनुगमन तथा सुपरिबेक्षण गर्ने, तथ्यांक बिश्लेषण र मुख्य सूचाकहरुको आधारमा समस्या पहिचान गर्ने,अध्ययन-अनुसन्धान मा आवश्यक सहयोग गरि जिल्लाको यौन तथा प्रजनन स्वास्थ्य सेवाको समतामूलक पहुच र गुणस्तरियताको लागि पैरवी गर्ने आदि रहेका छन्|

कार्यक्रममा धौलागिरि अस्पतालका मे.सु. डा. अमित ढुंगानाले अस्पताल बाट दिइरहेका प्रजनन स्वास्थ्य सेवाको बारेमा बताउनु भयो| शिक्षा तथा समन्वय इकाई, बागलुङका प्रमुख कुस्म राज उपाध्यायले किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रबर्द्धन को लागि बिद्यालयका ८-१२ कक्षा बिध्यार्थिहरुलाई केन्द्रित गरि बिद्यालय नर्स मार्फत सचालन गर्दा प्रभावकारी हुने कुरा बताउनु भयो| साझेदार संस्था, FAIRMED/BYC/RHIP आफ्नो कार्यक्षेत्र तथा अवस्थाको जानकारी दिनुभएको थियो|हरेक चौमासिकमा नियमित र आवश्यकता अनुरुप अन्य समयमा पनि बैठक संचालन गर्ने निर्णय सहित आजको बैठक समापन भएको थियो|

जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा देहाय बमोजिमको समिति गठन हुनेछ।

१, जिल्ला समन्वय समिति प्रमुख                       अध्यक्ष

२, धौलागिरी अस्पतालका मे.सु                        सदस्य

३, जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख          सदस्य

४, नेपाल रेडक्रस सोसाईटी प्रतिनिधी                सदस्य

५, सम्बन्धित वडा अध्यक्ष                       सदस्य

६, पब्लिक हेल्थ नर्स                           सदस्य

७, स्वास्थ्य कार्यालय प्रमुख                     सदस्य सचिव

आवश्यकता अनुसार प्रजनन स्वास्थ्यमा सहयोग गर्ने संस्थाहरु आमन्त्रित सदस्य

रहनेछन।

 

Download: बागलुङमा "प्रजनन स्वास्थ्य समन्वय समिति" गठन


Share Tweet Share
110
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026