बागलुङ नगरपालिकामा पूर्ण खोपको समीक्षा एवं अभिमुखीकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र बागलुङ नगरपालिकाको समन्वय र सहकार्यमा संचालित पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम बागलुङ नगरपालिकामा सम्पन्न भएको छ।
कार्यक्रम नगरपालिकाका नगर प्रमुख श्री बसन्त कुमार श्रेष्ठ ज्यूको अध्यक्षता, उप प्रमुख श्री राजु खड्का ज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा ज्यू, शिक्षा अधिकारी धन प्रसाद शर्मा ज्यूको विशिषट आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्री रामप्रसाद खनाल ज्यूको स्वागत, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीको सहजिकरण एवमं कार्यक्रमको संचालन पालिका खोप फोकल पर्सन श्री डिल्ली आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख श्री बसन्त कुमार श्रेष्ठ, उप प्रमुख श्री राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तमा सापकोटा ज्यूले समसामायिक विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो भने उपस्थिति सबै जना मिलेर आफ्नो वडा र पालिकामा कुनै पनि बच्चा खोप बाट बन्चित हुन नदिने गरि समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
Download: बागलुङ नगरपालिकामा पूर्ण खोपको समीक्षा एवं अभिमुखीकरण
48
