तराखोलामा पूर्ण खोपको समीक्षा तथा अभिमुखीकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र ताराखोला गाउँपालिकाको समन्वय र सहकार्यमा पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम ताराखोला गाउँपालिकामा सम्पन्न भएको छ।
पालिकाका उपाध्यक्ष श्री भिम बहादुर रोका ज्यूको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरे ज्यूको विशिष्ट आतिथ्यतामा संचालन भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले गर्नुभएको थियो ।
ताराखोला गाउँपालिकामा कार्यरत सि. अ. हे. व. अधिकृत श्री प्रकाश शर्माले संचालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री भिम बहादुर रोका ज्यूले पूर्ण खोप सुनिश्चितताको प्रक्रियागत दिगोपनाको लागि आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश गैरे ज्यूले योजना बनाएर आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको थियो ।
Download: तराखोलामा पूर्ण खोपको समीक्षा तथा अभिमुखीकरण
60
