काठेखोला गाउँपालिकामा पूर्ण खोपको समीक्षा तथा अभिमुखीकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र काठेखोला गाउँपालिकाको समन्वय र सहकार्यमा पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम काठेखोला गाउँपालिकाका अध्यक्ष श्री राजु थापा ज्यूको अध्यक्षता, उपाध्यक्ष श्री तेज बहादुर थापा ज्यू, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्री रामचन्द्र लामा ज्यूको स्वागत, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीको सहजिकरण एवमं कार्यक्रमको संचालन पालिका खोप फोकल पर्सन श्री सोमराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष श्री राजु थापा, उप प्रमुख श्री तेज बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतम ज्यूले समसामायिक विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।
Download: काठेखोला गाउँपालिकामा पूर्ण खोपको समीक्षा तथा अभिमुखीकरण
70
