ढोरपाटन नगरपालिकामा पूर्ण खोपको समीक्षा तथा अभिमुखिकरण
२०७९/१०/२२
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र ढोरपाटन नगरपालिकाको समन्वय र सहकार्यमा पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम ढोरपाटन नगरपालिकामा सम्पन्न भएको छ।
पालिकाका नगर उप प्रमुख श्री धन बहादुर कायत ज्यूको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद ज्ञवाली ज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक श्री केशव थापाको स्वागत, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीको सहजिकरण र नगरपालिकाका पोषण तथा सरसफाई सहजकर्ता वेली कुमारी भुजेलको संचालनमा भएको थियो ।
Download: ढोरपाटन नगरपालिकामा पूर्ण खोपको समीक्षा तथा अभिमुखिकरण
55
