खोप छुट बच्चाको पहिचान तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि योजना तयारी गोष्ठी (पहिलो)
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पहिलो चरणको पालिका स्तरमा खोप छुट बच्चाको पहिचान र छुट खोप पुरा गरी पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्द्धनको लागि रणनीति तयारी तथा सूक्ष्म योजना अध्याविधक सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ ।
जिल्लाभित्र रहेका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई घर घरमा गई खोप छुट बच्चाको खोजी गरी पूर्ण खोप दिलाई वडा, पालिका हुँदै बागलुङ जिल्लालाई नै पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने, दुर दराजमा लुकेर रहेका बस्ति तथा खोप बाट टाढा रहेका समुदायलाई खोपको पहुँच अभिवृद्बि गर्न खोप सेसन थप गर्ने, तथा बालबालिकाहरुलाई खोपको पहुँचभित्र ल्याउन सूक्ष्मयोजना बनाउने तथा सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउने, सरसफाई युक्त व्यवहारमा परिवर्तन ल्याउन र पूर्ण खोप दिलाउने उदेश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रविण शर्मा को अध्यक्षतामा संचालित उक्त कार्यक्रम तथ्याङ्क अधिकृत श्री घनश्याम सापकोटाको स्वागत र क्षय कुष्ठ निरिक्षक श्री देव प्रकाश घिमिरेको संचालनमा भएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्री, WaterAid का Quality Monitoring Officer श्री सम्झना पाठकले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुको प्रस्तुतिकरण रहेको थियो भने दुई दिनसम्म संचालित उक्त कार्यक्रममा तीन वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य संस्था प्रमुखहरु सहित ४० जनाको उपस्थिति रहेको थियो ।
Download: खोप छुट बच्चाको पहिचान तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि योजना तयारी गोष्ठी (पहिलो)
48
