गलकोटमा पुर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखिकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र गल्कोट नगरपालिकाको समन्वय र सहकार्यमा संचालित पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम गल्कोट नगरपालिका मा स्म्पन्न भएको छ।
पालिकाका नगर प्रमुख श्री भरत शर्मा गैरे ज्यूको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत श्री गंगा बहादुर भुजेल ज्यूको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्देश्य र समसामायिक विषयमा प्रकाश पार्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत श्री सुशील पौडेल ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो र उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले गर्नुभएको थियो भने कार्यक्रम संचालन गल्कोट नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक श्री मीरा शर्माले गर्नु भएको थियो ।
Download: गलकोटमा पुर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखिकरण
39
