निसिखोलामा पूर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखीकरण
२०७९-११-०४
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र निसिखोला गाउॅंपालिकाको समन्वय र सहकार्यमा संचालित पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। निसिखोला गाउॅंपालिकाको अध्यक्ष श्री सूर्य बहादुर घर्ती ज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पालिकाका उपाघ्यक्ष श्री प्रेम बहादुर घर्ती, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रवीण शर्मा, वार्ड अघ्यक्ष ज्यूहरू, पालिका खोप समन्वय समिति पदाधिकारी ज्यूहरू, स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थिति रहेको थियो । स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत श्री घनश्याम सापकोटा ज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रमको उद्देश्य माथि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले गर्नुभएको थियो । कार्यक्रममा वक्ताहरुले निसिखोला गाउँपालिका अन्तर्गतका वडा, टोल तथा दुरदराजका बस्तीहरुमा पूर्ण खोप लिनबाट बञ्चित बालबालिकाहरुको खोजि गरी छुट बालबालिकाहरुलाई पूर्ण खोप दिलाई निसिखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चततालाई निरन्तरता दिदैं दिगोपना कायम राख्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
Download: निसिखोलामा पूर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखीकरण
43
