निसिखोला गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
निसिखोला गाउपालिकाको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा सम्पन्न भएको छ | उक्त कार्यक्रममा पालिका अन्तरगतका ७ वटा स्वास्थ्य संस्थाले गरेको आ व २०७९/८०को प्रगति प्रस्तुतिकरण गरिएको थियो| कार्यक्रम गाउपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षतामा, उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,अन्य शाखा प्रमुखको उपस्थिति रहेको थियो| समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रबिण शर्मा, देव प्रकाश घिमिरे ,खोप सुपरभाईजर राजु तथ्यान्क अधिकृत, घनश्यम साप्कोटा ,फेयरमेड फाउन्डेसन र वि वाई सि बागलुङका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य सुचक तथा स्वास्थ्य अबस्था सुदृढीकरण बारेमा छलफल भएको थियो| कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख जुनि घर्ती मगरले गर्नु भएको थियो।
Download: निसिखोला गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
132
