न्युनतम सेवा मापदण्ड MSS सम्बन्धि पारस्परिक अवलोकन भ्रमण सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा Fairmed Foundation BYC Baglung को सहयोगमा "न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम" अन्तर्गत पारस्परिक अवलोकन भ्रमण सहज तथा सफलताका साथ सम्पन्न भएको छ।
न्युनतम सेवा मापदण्ड अन्तर्गत राम्रो अङ्क प्राप्त गरेको स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा राम्रो भुमिका निर्वाह गरेको स्थानीय तह तथा जिल्ला स्थित स्वास्थ्य कार्यालयको अवलोकन भ्रमण गर्ने तथा असल अभ्यासको सिकाई आदानप्रदान गर्ने उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङको सम्पुर्ण टिम, बागलुङ जिल्ला स्थित १० स्थानिय तहका सम्पुर्ण स्वास्थ्य संयोजक तथा फेयर मेड विवाइसी बागलुङ सहित गरि २० जनाको भ्रमण टोलि मिति २०८० कार्तिक २२ देखि २५ सम्म बागमती प्रदेश, मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका, सोही पालिका अन्तर्गत रहेको बज्रबाराही स्वास्थ्य चौकी तथा स्वास्थ्य कार्यलय मकवानपुरको भ्रमण गरि आज फर्किएको छ।
स्थनिय तह सम्म स्वास्थ्यको लागि लगानी गर्ने प्रदेश सरकार, स्वास्थ्य कार्यलय तथा स्थानीय तहको उदाहरणीय समन्वय, जनप्रतिनिधि तथा समुदायको सम्मान गर्न लायक साथ र सहयोगका कारण स्वास्थ्य कार्यलय, पालिका तथा स्वास्थ्य संस्थाले राम्रो प्रगति गर्न सफल भएको यथार्थ भ्रमण टोलिले निस्कर्श निकालेको छ।
२०७९-८० को प्रदेश स्तरिय समिक्षामा स्वास्थ्य कार्यलय मकवानपुर प्रदेश मै दोस्रो भएको छ भने भ्रमण गरिएको बज्रबाराही स्वास्थ्य चौकीको MSS Score 98% रहेको छ।
भ्रमणको योजना देखि भ्रमणका क्रममा पुर्ण साथ र सहयोग प्रदान गर्नुहुने बागमती प्रदेश स्थित स्वास्थ्य मन्त्रालयका आदरणीय दिपक तिवारी सर, स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख आदरणीय कृष्ण मिजार सर, जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे तथा सम्पुर्ण टिम, थाहा नगरपालिकाका मेयर आदरणीय बिष्णु बहादुर विस्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी सर तथा स्वास्थ्य चौकी प्रमुख जिनु डंगोल सहित सम्पूर्ण स्वास्थ्य चौकी परिवार प्रती स्वास्थ्य कार्यलय बागलुङ तथा जिल्लाका १० स्थानिय तहको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौं।
साथै भ्रमणका क्रममा पर्यटन प्रवर्द्धनका निम्ति भ्रमण टोलिले चित्लाङ, चन्द्रागिरी, दामन, सहिद पार्क (हेटौंडा), सौराहा तथा नारायणी नदि (चितवन) को पनि भ्रमण गरेको थियो।
Download: न्युनतम सेवा मापदण्ड MSS सम्बन्धि पारस्परिक अवलोकन भ्रमण सम्पन्न
102
