गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

दादुरा रुवेला खोप अभियान शुभारम्भ कार्यक्रम



दादुरा रुवेला खोप अभियान शुभारम्भ कार्यक्रम

आजदेखि बागलुङ जिल्लामा संचालन हुन गईरहेको दादुरा रुवेला खोप अभियान 2080/81 को शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री अमर बहादुर थापाज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय शुशिला सिंखडाज्यूले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर र सेवाग्राहीलाई खोप कार्ड हस्तान्तरण गरी धवलागिरी अस्पतालमा रहेको मातृ शिशु स्वास्थ्य सेवा क्लिनिक (MCH Clinic) खोप केन्द्रबाट बागलुङ जिल्लामा दादुरा रुवेला खोप अभियानको शुभारम्भ गर्नुभएको छ ।उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका उप प्रमुख श्री राजु खड्का, श्रीमान् प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, धौलागिरी अस्पतालका प्रमुख मे.सु. डा. रविरन्जन प्रधान, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य प्रशासक श्री बाबुराम आचार्य, बागलुङ नगरपालिकाका वार्ड अध्यक्षज्यूहरु, मे.अ., स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो । शुभारम्भ कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत श्री घनश्याम सापकोटाले गर्नुभएको थियो ।

 

Download: दादुरा रुवेला खोप अभियान शुभारम्भ कार्यक्रम