मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य बिषयक अन्तरक्रियात्मक कार्यक्रम
मिति २०८०/०७/१५ गते स्वास्थ्य कार्यालय बागलुङद्वारा निसी गाउपालिका -३, बोहोरगाउ स्वास्थ्य चौकीमा सरोकारवालाहरुसँग मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य बिषयक अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएको छ। उक्त कार्यक्रममा निसिखोला वडा-३ का वडाध्यक्ष तथा बोहरागाउँ स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष रमेश बिक्रम शाही,बुर्तिबांग प्रा.स्वा.के. का विशेषज्ञ चिकित्सक (MDGP) डा. अमरेश महतो, निसिखोला स्वास्थ्य शाखा संयोजक ज.स्वा.नि. जुनी घर्ति मगर, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविकाको तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले निसिखोला गाउपालिकमा मातृ तथा नवजात शिशु स्वास्थ्यको अवस्था, जिम्मेवार निकायको आगामी तयारी तथा कार्ययोजना सम्बन्धमा अन्तरक्रिया गर्नुभएको थियो। साथै स्वास्थ्य चौकिको MNH Service Readiness Assessment पनि गरिएको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङ कि पब्लिक हेल्थ नर्स सीमा कुँवरद्वारा भएको थियो।
Download: मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य बिषयक अन्तरक्रियात्मक कार्यक्रम
55
