स्वास्थ्य कार्यालय बागलुङको पहिलो मासिक बुलेटिन विमोचन!!! स्वास्थ्य कार्यालय बागलुङको पहिलो मासिक बुलेटिन एक कार्यक्रमका बिच बिमोचन गरिएको छ | स्वास्थ्य कार्यालयले प्रकाशन शुरु गरेको सो बुलेटिन गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा तथा स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काको विशेष उपस्थितिमा विमोचन गरिएको थियो | बुलेटिनका बारेमा आफ्ना कुरा राख्दै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले पहिलो पटक प्रकाशन गरिएको यस बुलेटिनमा आ.व २०७९/८० को माघ महिनामा जिल्लामा भएका विभिन्न गतिविधिहरु समावेश गरिएको जानकारी दिनुभयो | साथै उहाले आगामी दिनमा यस प्रकाशनलाई निरन्तरता दिदै थप जानकारीमुलक बनाउने योजना रहेको पनि उल्लेख गर्नुभयो |