गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

गलकोटमा MNH अनसाइट कोचिंङ



स्वास्थ्य कार्यालय बागलुङको आयोजना र गलकोट नगरपालिकाको समन्वयमा गलकोट -१, दुदिलाभाटी स्वास्थ्य चौकिमा प्रसुति कर्मिहरुलाइ मातृ तथा नव शिशु स्वास्थ्य (MNH) onsite coaching तथा गुणस्तर सुधार कार्यक्रम समपन्न भएको छ।

स्वास्थ्य चौकिमा कार्यरत प्रसुतिकर्मिहरुलाइ मातृ तथा नबजात शिशु स्वास्थ्यसंग सम्बन्धित बिषयमा knowledge assessment, decision making skill(partograph) assessment, normal delivery conduction, PPH, shock and eclampsia management infections prevention, newborn resuscitation आदि बिषयमा स्थलगत कोचिङ/ मेन्टरिङ गरिएको हो। सस्थाको Enabling Environment Assessment गरि प्राप्त स्कोर को आधारमा सस्थाको समस्या सम्बोधन हुने गरि कार्ययोजना बनाइ छलफल गरियो र कम्तिमा ६/६ महिनामा सस्थाको स्वमुल्याङ्कन गर्ने निर्णय गरियो।

MNH MENTOR दुर्गा सापकोटा र प. हे. न. नि. सीमा कुवरले सहजिकरण गरेको कार्यक्रममा दुदिलाभाटी स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष तथा ग न पा- १, दुदिलाभाटी का वडाध्यक्ष श्री लाल ब. राना, वडा सचिव श्री यादब दत्त रेग्मी, स्वास्थ्य संस्था प्रमुख ज.स्वा. नि. जीवन नेपाली लगायतका स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो| वार्डको मातृ तथा नवाशिशु र समग्र स्वास्थ्य अवस्था सुधार गर्न स्वास्थ्य चौकीबाट सिफारिस गरिएका क्रियाकलापहरुमा सहयोग गर्ने कुरा अध्यक्ष रानाले बताउनु भयो| त्यसैगरी संस्था प्रमुखले कार्ययोजना समयमा समपन्न गर्न आवस्यक प्रयास र समन्वय गर्ने प्रतिबद्द्ता जनाउनु भएको थियो।

Download: गलकोटमा MNH अनसाइट कोचिंङ