मानसिक स्वास्थ्य सम्बन्धि ५ दिनकाे तालिम सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङकाे आयाेजनामा मानसिक स्वास्थ्य सम्बन्धि ५ दिनकाे तालिम सम्पन्न भएकाे छ।, तालिमलाई बेनि अस्पताल र गाेरखा अस्पतालका मनाेराेग विशेषज्ञहरु डा.अनुशा मानन्धर र डा. स्मिता न्याैपानेले सहजिकरण गर्नुभएको थियो भने जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो। कार्यक्रमलाई स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले व्यवस्थापन गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटाले सञ्चालन गर्नुभएको थियो। ५ दिन सम्म संचालित तालिमलाई स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले अध्यक्षता गर्दै यस किसिमको तालिमले समाजमा भएका मानसिक स्वास्थ्य समस्या रोकथाम, पहिचान र उपचारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो भने धौलागिरी अस्पताल बागलुङको मे.सु रवि रंजन प्रधानले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
Download: मानसिक स्वास्थ्य सम्बन्धि ५ दिनकाे तालिम सम्पन्न
54
