• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी
  1. गृहपृष्ठ
  2. समाचार
  3. हात्तीपाइले राेग निवारण सम्बन्धि जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठि

हात्तीपाइले राेग निवारण सम्बन्धि जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठि



स्वास्थ्य कार्यालय बागलुङकाे आयाेजनामा स्वास्थ्य कार्यालय प्रमुखकाे अध्यक्षता तथा जिल्ला समन्वय प्रमुखकाे प्रमुख आतिथ्यता निमित्त प्रमुख जिल्ला अधिकारी ज्युकाे विशेष उपस्थितिमा हात्तीपाइले राेग निवारण सम्वन्धि जिल्ला स्तरिय याेजना तर्जुमा गाेष्ठि सम्पन्न भएको छ। कार्यक्रममा स्थानिय तह प्रमुख/उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयाेजक अस्पतालका मेसु तथा स्वास्थ्यकर्मि , पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे। इडिसीडिबाट र स्वास्थ्य निर्देशनालयबाट सहजिकरण गर्नुभएकाे कार्यक्रममा स्वास्थ्य कर्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटाले उद्घाेषण गर्नु भएकाे थियाे। कार्यक्रममा सम्पुर्ण सहभागीहरुले यस अभियानलाई कसरी सफल बनाउन सकिन्छ सो कुरामा सबैको सक्रिय सहभागिता रहने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो। कार्यक्रममा विवाइसी वागलुङ (फेयरमेड) काे सहयाेग रहेकाे थियाे।

 

न्युज कभरेज: ईपरी न्यूज, बागलुङ ।

१३ औँ पटकसम्म आम औषधी सेवन अभियान चलाउँदा समेत बागलुङमा हात्ती पाईले रोग नियन्त्रण नभएपछि १४ औँ पटक अभियान चलाईने भएको छ । आगामी फागुन ११ गतेदेखि आम औषधी सेवन अभियान चलाईनेछ । त्यसको तयारी स्वरुप स्वास्थ्य कार्यालय बागलुङले बुधबार राष्ट्रिय हात्ती पाईले रोग निवारण सम्बन्धी जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले यो अभियानलाई अब अन्तिम अभियान बनाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिए । ‘हामीहरु अब १४ औँ पटक अभियान चलाउँदै छौँ, १५ औँ पटक अभियान चलाउन नपर्ने गरि काम गरौँ’ उनले भने–‘त्यसको लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुन्छ मसिनो गरि लागौँ र हात्ती पाईले रोग निमिट्यान्न पारौँ ।’ उनले नेपाली समाजमा रहेका केही परम्परागत धाराणका कारण समुदायका सबै जनालाई औषधी खुवाउने कार्य कठिन भए पनि सम्भव हुने बताए । त्यसको लागि भोट माग्न जनताकोमा पुगे जस्तै औषधी सेवन गराउन पनि घरदैलोमा पुग्नु पर्ने बताए । गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले हात्ती पाईले रोग विरुद्धको औषधी सेवन अभियानमा स्वास्थ्यकर्मीहरुसँगै रहने बताए । ‘यो अभियानमा हामीहरु स्वास्थ्यकर्मीहरुसँगै रहनेछौँ र कुनै समस्या आईपरे समाधान गर्न लाग्नेछौँ’ उनले भने–‘हामीले जनतालाई रोगको गाम्भीर्यता बारे पनि सचेत गराउनु पर्छ ।’ बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले हात्ती पाईले रोग उन्मुलनको लागि अभियान थालिने बताउँदै निर्धक्कसँग हात्ती पाईले विरुद्धको औषधी सेवन गर्न आग्रह गरे । ‘मैले १३ औँ पटक नै औषधी सेवन गरेको छु, राज्यले हात्ती पाईले रोग उन्मुलन गर्ने अभियान थालेको हो, मान्छे मार्ने विष दिएको होईन ।’ उनले भने–‘औषधीले केही असर गर्दैन सबैले निर्धक्कसँग औषधी सेवन गर्नु होला ।’ कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले मन्तव्य व्यक्त गरेका थिए । ईडिसिडी (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा)का उत्तम प्याकुरेलले आम औषधी सेवन अभियानमा प्रयोग गरिने औषधी, उत्तम कोईरालाले हात्ती पाईले रोग निवारण कार्यक्रमको अवस्था अन्तराष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय अवस्था लगायतका विषयमा सहजिकरण गरेका थिए । हात्ती पाईलेको औषधीहरुबाट हुन सक्ने अवान्छित घट्ना, आम औषधी सेवन अभियानमा प्रयोग गरिने अभिलेख तथा प्रतिवेदन, जिल्ला तथा स्थानीय स्तरमा गर्नु पर्ने पूर्व तयारी, आम औषकी सेवन अभियानको सुक्ष्म योजना लगायतका विषयमा सहजिकरण गरिएको थियो । यस पटकको अभियानमा कोही पनि नागरिक हात्ती पाईले रोग विरुद्धको औषधी सेवनबाट नछुटोस भन्नको लागि औषधी सेवन गरेका व्यक्तिको नङमा मसि लगाईने छ । औषधी सेवन गरिसकेका व्यक्तिको पहिचानको लागि नङमा मसि लगाउने, घरको भित्तामा लेख्ने र कार्ड उपलब्ध गराईने छ । त्यसले औषधी खाए वा नखाएका व्यक्तिको पहिचान हुने र औषधी खुवाउन सजिलो हुने छ । अभियानको क्रममा माईकिङ समेत गरिने छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा र सञ्चालन घनश्याम सापकोटाले गरेका थिए ।

Download: हात्तीपाइले राेग निवारण सम्बन्धि जिल्ला स्तरीय याेजना तर्जुमा गाेष्ठि


Share Tweet Share
49
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026