खोप सेसनको व्यवस्थापन र सरसफाई प्रवर्द्बन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई नयाँ खोप, कोल्डचेन व्यवस्थापन, ए.इ.एफ.आइ र सर्भिलेन्स तथा खोप सेसनको व्यवस्थापन र सरसफाई प्रवर्द्बन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ । स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्बि गरी नियमित खोप सेवा कार्यक्रमलाई सुदृढिकरण गर्नुको साथै खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्ने उदेश्य अनुरुप उक्त तालिम संचालन भएको थियो । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रविण शर्माको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत श्री घनश्याम सापकोटाले गर्नुभएको थियो । स्वास्थ्य कार्यालय म्याग्दिका प्रमुख श्री एक नारायण लम्साल, बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री रामप्रसाद खनाल, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्री, स्वास्थ्य कार्यालय म्याग्दिका कोल्डचेन सुपरभाइजर श्री विरेन्द्र कुमार चौधरी र WaterAid Nepal का क्वालिटि मनिटरिङ अफिसर श्री सम्झना पाठकले सहजिकरण गर्नुभएको उक्त तालिममा पहिलो ब्याचमा बागलुङ नगरपालिका , जैमिनी नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाका २४ जना स्वास्थ्यकर्मीहरु तथा खोप फोकल पर्सनहरुको सहभागीता रहेको थियो भने दोस्रो ब्याचमा ढोरपाटन नगरपालिका , निसिखोला,तमानखोला, बडिगाड र वरेड. गाउँपालिकाका ३० जना स्वास्थ्यकर्मीहरु तथा खोप फोकल पर्सनहरुको सहभागीता रहेको थियो ।
Download: खोप सेसनको व्यवस्थापन र सरसफाई प्रवर्द्बन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न
95
