खोप छुट बच्चाको पहिचान तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि योजना तयारी गोष्ठी (तेस्रो)
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तेस्रो तथा अन्तिम चरणको पालिका स्तरमा खोप छुट बच्चाको पहिचान र छुट खोप पुरा गरी पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्द्धनको लागि रणनीति तयारी तथा सूक्ष्म योजना अध्याविधक सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । जिल्लाभित्र रहेका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई घर घरमा गई खोप छुट बच्चाको खोजी गरी पूर्ण खोप दिलाई वडा, पालिका हुँदै बागलुङ जिल्लालाई नै पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने, दुर दराजमा लुकेर रहेका बस्ति तथा खोप बाट टाढा रहेका समुदायलाई खोपको पहुँच अभिवृद्बि गर्न खोप सेसन थप गर्न, खोप तथा खोप जन्य सामाग्रीको आवश्यकताको पहिचान गर्न, आगामी दिनहरुमा खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्नको लागि सूक्ष्मयोजना बनाउने तथा सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन, सरसफाई युक्त व्यवहारमा परिवर्तन ल्याउन र पूर्ण खोप दिलाउने उदेश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रविण शर्मा को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक श्री तिल बहादुर छन्त्यालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरिक्षक श्री देव प्रकाश घिमिरेले गर्नुभएको थियो । स्वास्थ्य कार्यालय म्याग्दिका प्रमुख तथा खोप अधिकृत श्री एक नारायण लम्साल र स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका, तमानखोला, निसिखोला र बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुको प्रस्तुतिकरण रहेको थियो भने दुई दिनसम्म संचालित उक्त कार्यक्रममा ४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य संस्था प्रमुखहरु सहित ५२ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
Download: खोप छुट बच्चाको पहिचान तथा पूर्णखोप सुनिश्चितता सम्बन्धि योजना तयारी गोष्ठी (तेस्रो)
45
