गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

पूर्ण खोप सुनिश्चितताको समिक्षा, नियमित खोपको सुदृढीकरण र पूर्ण खोप दिगोपनाको लागि सुक्ष्मयोजना अद्यावधिक २ दिने गोष्ठि सम्पन्न



स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको छुट बच्चाको पहिचान भई पूर्ण खोप सुनिश्चितताको समिक्षा, नियमित खोपको सुदृढीकरण र पूर्ण खोप दिगोपनाको लागि सुक्ष्मयोजना अद्यावधिक २ दिने गोष्ठि सम्पन्न भएको छ । जिल्लाभित्र रहेका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई घर घरमा गई खोप छुट बच्चाको खोजी गरी पूर्ण खोप दिलाई वडा, पालिका हुँदै बागलुङ जिल्लालाई नै पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने, नियमित खोप सेवा कार्यक्रमलाई सुदृढिकरण गर्ने, आगामी दिनहरुमा खोप कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्नको लागि सूक्ष्मयोजना बनाउने तथा सरसफाई प्रबर्द्बन कार्यक्रम नियमित रुपमा संचालन गरी बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउने, सरसफाई युक्त व्यवहारमा परिवर्तन ल्याउने र पूर्ण खोप दिलाउने उदेश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक तथा श्री बाबुराम आचार्यको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरीक्षक श्री देव प्रकाश घिमिरेले गर्नुभएको थियो । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख / जनस्वास्थ्य प्रशासक श्री बाबुराम आचार्य, खोप सुपरभाइजर श्री राजु खत्री र WHO/IPD का SMO डा. स्मृति लामाले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिकाका र बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य संस्थाका प्रमुखहरु गरी ५१ जनाको सहभागीता रहेको थियो ।

Download: पूर्ण खोप सुनिश्चितताको समिक्षा, नियमित खोपको सुदृढीकरण र पूर्ण खोप दिगोपनाको लागि सुक्ष्मयोजना अद्यावधिक २ दिने गोष्ठि सम्पन्न