एच.आई. भि. तथा अन्य रोगहरुको निगरानी तथा क्षयरोगको स्कृनिङ र खकार परिक्षण
२०८० जेष्ठ ३ गते स्वास्थ्य कार्यालय बागलुङको आयोजना तथा बडिगाड गाउपालिकाको समन्वयमा जलजला स्वास्थ्य चौकी बडिगाड ४ जलजलामा संचालन भएको एच.आई. भि./अन्य रोगहरुको निगरानी तथा क्षयरोगको स्कृनिङ र खकार परिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका श्रदय उपाध्यक्ष भिमसेन वन ज्यु, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी ज्यु,स्वास्थ्य कार्यालय बाग्लुङका कार्यालय प्रमुख प्रविण शर्मा, वडाअध्यक्ष मिलन रेश्मी लगायत बडिगाड स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र के. सी. स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुस्ठ निरीक्षक देबप्रकाश घिमिरे र ल्याब टेक्निसियन अधिकृत डिल्ली प्रसाद शर्मा लगायत बिशिस्ट ब्याक्तित्वहरु र अन्य स्वास्थ्यकर्मिहरु,महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा बिरामिहरुको खकार तथा रगत परिक्षण र स्वास्थ्य जाँच गर्नुको साथै उपचार गरि कार्यक्रम सम्पन्न गरिएको छ। यस surveillance कार्यमा सहयोग गर्नुहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख र सम्पुर्ण टिमप्रती बिशेष धन्यवाद । यस कार्यमा निरन्तर रुपमा खटीरहने स्वास्थ्यकर्मी, एंवम महिला स्वास्थ्य स्वंयम सेविका लगाएत सम्पुर्ण सेवाग्राहीहरुमा धन्यवाद ज्ञापन गर्दछौ ।
प्रदान गरिएका सेवाहरु:
खकार नमुना शंकलन तथा परिक्षण सेवा -१६५ जना
खकार नमुना + ve - १ जना
जिन एक्सपर्ट शंकलन - ३ जना
एच.आई.भि. जाँच - १८० जना
मधुमेहको लागि रगत परिक्षण - ५६ जना
बिरामी जाँच तथा उपचार सेवा - १८६ जना
औषधि बितरण सेवा- १०३ जना
गर्भवतीहरुको भिडियो एक्स रे सेवा - १६ जना
गर्भवतीहरुको ANC प्याकेज जाँच सेवा - १४ जना
Download: एच.आई. भि. तथा अन्य रोगहरुको निगरानी तथा क्षयरोगको स्कृनिङ र खकार परिक्षण
61
