स्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र गलकोट नगरपालिका, बागलुङ को समन्वय मा गलकोटमा" स्थानीय तहको साझेदारीमा पूर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मि " बिषयक १ दिने कार्यक्रम समपन्न भएको छ। पालिका भित्रका ८ वटा प्रसुतीकेन्द्र मा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरुलाई ANC/PNC Protocol र यसै संग सम्बन्धित कार्यसंचालन प्रकृया र परिबर्तित निर्देशिकाको अभिमुखिकरण गर्ने उद्वेश्यले राखिएको कार्यक्रमको उद्घाटन सत्रमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे लगायत बिभिन्न वडाको वडाध्यक्षज्युहरूको बिषेश उपस्थिति मा , गलकोट स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य अधिकृत सुशिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वास्थ्य शाखामा कार्यरत अस्पताल नर्सिङ निरिक्षक रीमा बोसेल को संचालन र स्वास्थ्य कार्यालय, बाग्लुङमाकी पब्लिक हेल्थ नर्स सीमा कुंवरको सहजिकरण रहेको कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरेले पालिका सधै मातृ तथा नवशिशु स्वास्थ्य का सवालमा सकारात्मक रहेको र गलकोट नगरपालिका मा लागू भएको ' नगर प्रमुख मातृ पोषण कार्यक्रम' यसैको उदाहरण भएको कुरा बताउनु भयेको थियो।