बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरेाग(TB) परिक्षण गर्ने अत्याधुनिक जिन एक्सपर्ट मेसिन जडान
बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरेाग(TB) परिक्षण गर्ने अत्याधुनिक जिन एक्सपर्ट मेसिन जडान प्रक्रिया सुरु भएको छ। GENE X-pert machine, AC, backup सहित अन्य आवश्यक सामग्रीहरु राष्ट्रिय क्षयरेाग केन्द्र,प्रदेश क्षयरेाग उपचार केन्द्र र स्वास्थ्य कार्यलय बाग्लुङको सयुक्त टिम मार्फत हस्तान्तरण गरिएकेा छ।
बाग्लुङका पश्चिम भेगका ६ वटा पालिका, छिमेकी जिल्ला गुल्मि तथा रुकुमका जनताले समेत सेवा पाउने र क्षयरेाग परिक्षणको निम्ति अब टाढा जान नपर्ने अपेक्षा गरिएकेा छ।
बागलुङको तथ्यांक हेर्दा आ.व. २०७९-८० मा मात्रै २१५ जना क्षयरोगका विरामी रहेकोमा जिल्लाको बडिगाड गाउँपालिकामा मात्रै ६०-६५% विरामी रहेका छ्न जसले गर्दा पालिका नै क्षयरोगको हव बन्दै आएको छ। यसरी हेर्दा जिल्लाको पश्चिम भेगमा अझै धेरै विरामी समुदायमा लुकेको हुनसक्ने र नया मेसिन मार्फत परिक्षणको दायरा बढाउन सके क्षयरोगको विरामिको समयमै उपचार गर्न सकिनेछ।
Download: बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरेाग(TB) परिक्षण गर्ने अत्याधुनिक जिन एक्सपर्ट मेसिन जडान
64
