तमानखोलामा पुर्ण खोप सुनिश्चित तथा दिगोपना सम्बन्धि समीक्षा तथा अभिमुखीकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र तमानखोला गाउॅंपालिकाको समन्वय र सहकार्यमा संचालित पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। तमानखोला गाउॅंपालिकाको अध्यक्ष श्री जोकलाल बुढा ज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा पालिकाका उपाघ्यक्ष श्री हिरा कुमारी छन्त्याल, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रवीण शर्मा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वरलाल शाक्य, वार्ड अघ्यक्ष ज्यूहरू, पालिका खोप समन्वय समिति पदाधिकारी ज्यूहरू, स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत श्री घनश्याम सापकोटा ज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रममा गाउॅंपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक श्री तिल बहादुर छन्त्यालको स्वागत, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष श्री जोकलाल बुढाले पालिकाको स्वास्थ्य सुधारको क्षेत्रमा आफू कटिबद्ब रहेको र गतबर्ष यसपालिकालाई पूर्ण खोप सुनिश्चततालाई निरन्तरता दिदैं दिगोपना कायम राखेकोमा यस पटक पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दै यस कार्यमा सबै सरोकारवालाहरुलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रविण शर्माले वडा हुँदै गाउॅंपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गरी बागलुङ जिल्लालाई पूर्ण खाोप सुनिश्चितता दिगोपना जिल्ला घोषणामा सघाउन र बालबालिकाहरूले पूर्ण खोप लगाउन र बाँच्न पाउनुपर्ने उनीहरूको नैसर्गिक अधिकारको सुनिश्चिता गर्न अनुरोध गर्नुभएको थियो ।
Download: तमानखोलामा पुर्ण खोप सुनिश्चित तथा दिगोपना सम्बन्धि समीक्षा तथा अभिमुखीकरण
60
