बडिगाडमा पुर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखिकरण
स्वास्थ्य कार्यालय बागलुङको आयोजना र वडिगाड गाउॅंपालिकाको समन्वय र सहकार्यमा पालिका स्तरमा पूर्ण खोपको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण एवं योजना तयारी गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा वडिगाड गाउॅंपालिकाको अध्यक्ष श्री गण्डकी थापा भण्डारी, उपाघ्यक्ष श्री भिमसेन वन, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख श्री प्रवीण शर्मा, पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चेतनारायण भण्डारी, वार्ड अघ्यक्ष ज्यूहरू, पालिका खोप समन्वय समिति पदाधिकारी ज्यूहरू, स्वास्थ्य संस्था प्रमुखहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम गाउॅंपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक श्री विपेन्द्र के.सी.को स्वागत, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर श्री राजु खत्रीको सहजिकरण र पालिकाका खोप फोकल पर्सन श्री हेम पुनको संचालनमा भएको थियो ।
कार्यक्रममा बडिगाड गाउॅंपालिकालाई पूर्ण खाोप सुनिश्चितता दिगोपना कायम राख्ने र बालबालिकाहरूले पूर्ण खोप लगाउन र बॅंाच्न पाउनुपर्ने उनीहरूको नैसर्गिक अधिकारको सुनिश्चिता गर्ने कुरामा वक्ताहरूले प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
Download: बडिगाडमा पुर्णखोप सम्बन्धि समिक्षा तथा अभिमुखिकरण
55
