१९ मिनिल्याप र २३ भ्यासेक्टोमी सहित परिवार नियोजन शिविर सम्पन्न
स्वास्थ्य कार्यालय बागलुङ को आयोजना जिल्लाको ढोरपाटन, गलकोट, जैमिनि र धौलागिरि अस्पतालमा सन्चालित परिवार नियोजनको स्थायि बन्ध्याकरण शिविर मा १९ जना मिनिल्याप र २३ जना भ्यासेक्टोमी गरि कुल ४२ जना ले परिवार नियोजनको स्थायि बन्ध्याकरण सेवा लिएका छन।
शिबिरमा बिषेशज्ञ डाक्टरका रुपमा आउनु भएका मध्यबिन्दु अस्पताल, नवलपुरका नि. मे सु डा. जितेन्द्र कडेल र शिविर सन्चालनमा सहयोग गर्नुहुने बेनि अस्पताल, म्याग्दि कि अस्पताल नर्सिङ निरिक्षक मन देवि गौतमलाइ धन्याबाद ज्ञापन गरि स्वास्थ्य कार्यलय , बागलुङले एक कार्यक्रम गरि बिदाइ गरेको छ।
यसै गरि शिविर सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा स्वास्थ्य कार्यलय बागलुङ हार्दिक आभार ब्यक्त गर्दछ।
|
क्र.स. |
शिबिर संचालन हुने स्थान |
शिबिर संचालन हुने मिति |
उपलब्ध सेवाहरु |
समय |
|
१. |
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (ढोरपाटन नगरपालिका) |
२०७९ चैत्र १ गते |
पुरुषको लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्याप |
बिहान १0 बजे देखि
|
|
२. |
गलकोट नगर अस्पताल (गलकोट नगरपालिका) |
२०७९ चैत्र २ गते
|
||
|
३. |
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र (जैमिनी नगरपालिका) |
२०७९ चैत्र ४ गते
|
||
|
४. |
धौलागिरि अस्पताल, बागलुङ
|
२०७९ चैत्र ५ गते |
Download: १९ मिनिल्याप र २३ भ्यासेक्टोमी सहित परिवार नियोजन शिविर सम्पन्न
92
