स्वास्थ्य प्रोफाईल निर्माण गर्न तमानखोलाका स्वास्थ्यकर्मी नागरिकको घरघरमा जाँदै
स्वास्थ्य कार्यलय बागलुङको आयोजना, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको सहजीकरण तथा तामानखोला गाउँ पालिकाको समन्वयमा तमानखोला गाउँपालिकामा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको लागी पारिवारीक स्वास्थ्य प्रोफाईल सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। गण्डकी प्रदेशमा स्वास्थ्य प्रोफाईल निर्माण गर्न बागलुङ जिल्लाअन्तर्गत तामानखोला गाँउपालिका प्रथम चरणको छनोटमा परेपछि पालिकाभरिका सबै स्वास्थ्य सस्थाले आआफ्नो वडामा यहि वैशाख ६ गते देखि वैशाख २० सम्म घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न नागरिकका घरघरमा पुग्ने गरी मिति तय गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक तिल बहादुर छन्त्यालले बताउनु भयो । गाँउपालिकाको स्वास्थ्य प्रोफाईल निर्माण योजना अनुसार स्वास्थ्यकर्मीहरु घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न पालिका भरिका ६ वटै वडाका स्वास्थ्य सस्थाहरुले कार्ययोजना बनाएर नागरिकका घरदैलोमा पुग्न लागेको बताउदै नागरिकलाई सहि तत्थ्याङक उपलब्ध गराईदिन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरलाल शाक्यले बताउनु भयो ।
Download: स्वास्थ्य प्रोफाईल निर्माण गर्न तमानखोलाका स्वास्थ्यकर्मी नागरिकको घरघरमा जाँदै
43
