गलकोट नगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि आँखा, नाक, कान, घाटी, मुख स्वास्थ्य सम्वन्धि अभिमुखिकरण कार्यक्रम
गलकोट नगरपालिकामा स्वास्थ्यकर्मीहरुको लागि आँखा, नाक, कान, घाटी, मुख स्वास्थ्य सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्यकर्मीहरुको लागि आँखा, नाक, कान, घाटी, मुख स्वास्थ्य सम्वन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनोज कार्कि, सफल आँखा क्लिनिकका अप्थ्याल्मिक असिस्टेन्ट गणेश महतोले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गलकोट नगरपालिका भित्रका १४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
यस कार्यक्रमपश्चात् स्वास्थ्यकर्मीहरुले आँखा, नाक, कान, घाटी, मुखको समस्याहरुलाई आफै पहिचान गरी उपचार गर्न सक्ने गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो ।
57
