ताराखोला स्वास्थ्य चौकीमा प्रसुति प्रतिक्षा कक्षको स्थापना
ताराखोला स्वास्थ्य चौकी ताराखोला गाउँपालिका वडा नम्वर ५ मा प्रसुति प्रतिक्षा कक्षको स्थापना गरिएको छ ।
फेयरमेड फाउण्डेसन नेपाल एवम् विवाईसि वागलुङको साझेदारीमा संचालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा ताराखोला स्वास्थ्य चौकी ताराखोला गाउँपालिका वडा नम्वर ५ मा प्रसुति प्रतिक्षा कक्षको स्थापना गरिएको हो ।
कार्यक्रमको ग्रामिण स्वास्थ्य सुधार परियोजनाका सुपरभाईजर रामेश्वर शाहले प्रसुती प्रतिक्षा कक्ष स्थापना भएसँगै सुत्केरी हुन आउदा बस्ने, खाने लगायतका समस्याहरुको अन्त्य भएको बताउनुभयो । उहाँले घरमा प्रसुती नगराई स्वास्थ्य चौकीमा जानुपर्ने कुरा सबैलाई जानकारी गराउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा, सह संयोजक शोभा शर्मा, दुर्गा भवानि माद्यमिक विद्यालयका प्रधानाध्यापक टेक वहादुर घर्तीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मन वहादुर रोकाको अध्यक्षता, ल्याव असिस्टेन्ट अर्जुन रोकाको स्वागत तथा स्वास्थ्य चौकीप्रमुख दल वहादुर पुलिसाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Download: ताराखोला स्वास्थ्य चौकीमा प्रसुति प्रतिक्षा कक्षको स्थापना
61
