गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

स्वास्थ्यकर्मिहरुका लागि आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार अभिमुखिकरण



मिति २०८०/०७/१६ र १७ गतेका दिन स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बागलुङ जिल्ला स्थित ६ वटा गाँउपालिका तथा नगरपलिकाका स्वास्थ्य संस्थामा कार्यरत २४ जना स्वास्थ्यकर्मिहरुका लागि आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमले समुदायमा देखिने समस्यालाई वेलैमा पहिचान गरि उपचारको दायरामा ल्याउनुका साथै भविस्यमा हुने क्षति न्युनिकरण गर्न सहयोग पुग्नेछ।

कार्यक्रमको सहजिकरण धौलगिरि अस्पतालका मे अ डा प्रतापजगं थापा, डा अस्मिता श्रेष्ठ तथा आँखा सम्बन्धि सहजिकरण गणेश महतो र स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले गर्नु भएको थियो।

कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, स्वागत घनस्याम सापकोटा, अतिथि स्वास्थ्य कार्यालय म्याग्दिका प्रमुख भुवन ठकुराठि र सहभागिको तर्फबाट निसि स्वा चौकिका प्रमुख गणेश खड्काले मन्त्व्य राख्नुभएको थियो।

Download: स्वास्थ्यकर्मिहरुका लागि आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार अभिमुखिकरण