काठेखोला गाउँपालिकामा eHMIS सम्बन्धि अभिमुखीकरण
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बागलुङको समन्वय तथा काठेखोला गाउँपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि विद्धुतिय स्वास्थ्य सूचना ब्यबस्थापन प्रणाली eHMIS सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। काठेखोला गाउँपालिका अन्तर्गत रहेका १० स्वास्थ्य संस्थामा यो प्रणाली सुरु भए संगै बागलुङ जिल्लाका ७ स्थनिय तहमा स्वास्थ्यका तथ्यांक डिजिटलाइज्ड भएका छ्न। कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनलाय पोखराका तथ्यांक अधिकृत प्रविण भन्डारीले गर्नुभएको थियो भने कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राजु थपाले स्वास्थ्यका तथ्यांक थप ब्यबस्थित गर्न स्वास्थ्यकर्मीलाई आबश्यक पर्ने उपकरणहरु यथाशीघ्र ब्यबस्थापन गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो।
Download: काठेखोला गाउँपालिकामा eHMIS सम्बन्धि अभिमुखीकरण
56
