बरेङमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी अभिमुखीकरण
बागलुङको बरेङ गाउँपालिका अन्तर्गतका १० वटा स्वास्थ्य संस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी २ दिने (कार्तिक १९-२०) अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको सहजीकरण बरेङ गाउँपालिकाको आयोजनामा २ दिन सञ्चालन भएको तालिम गाउँपालिकाको सभाहलमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले उद्घाटन गर्नुभएको थियो।
उद्घाटन संगै अधिकृत रानाले झन्झटिलो कामलाई सहज बनाउन, प्रविधी मैत्री बनाउन, सहजै तथ्यांक भेटाउन सकिने हुनाले सदुपयोग गरेर सम्बन्धित ठाउँमा पुग्ने गरी रिपोर्ट र इन्ट्री गर्न कर्मचारीलाई सुझाव दिनुभएको थियो ।
पालिकाका सबै स्वास्थ्य सस्थाहरुमा वर्तमान चलिरहेको (एचएमआइएस)लाई डिजिटिलाइज प्रणालीमा लैजाने, पेपर बेस रेकर्डिङ र रिपोर्टिङ लाई चुस्त दुरुस्त बनाउने, सेवाको पहुँच सेवा प्रवाहमा सुधार ल्याउने तथा अनुगमन प्रणालीलाई सरल तथा प्रभावकारी बनाउने, निर्णय लिन व्यवस्थापकलाई सहज बनाउने तालिमको उद्देश्य रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
दुई दिन सम्म चलेको तालिमलाई स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रवीण शर्मा, जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा, क्षयरोग कुष्ठरोग निरिक्षक देबप्रकाश घिमिरे,तथ्यांक अधिकृत घनश्याम सापकोटाले सहजीकरण गर्नुभएको हो।
Download: बरेङमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी अभिमुखीकरण
43
