बागलुङ नगरपालिकामा विद्युतिय स्वास्थ्य सुचना अभिलेख तथा प्रतिबेदन (eHMIS) सम्बन्धि अभिमुखीकरण
मिति २०८० असोज २१ र २२ गतेका दिन विद्युतिय स्वास्थ्य सुचना अभिलेख तथा प्रतिबेदन {Electronic Health Information Recording and Reporting System} [EHIRS] सम्बन्धी स्वास्थ्यकर्मीहरुलाइ अभिमुखिकरण कार्यक्रम बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नि प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलको अध्यक्षता नगर उप प्रमुख राजु खड्काको प्रमुख आतिथ्यता, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ तथ्याकं अधिकृत दिवाकर शर्मा स्वास्थ्य कार्यालय बागलुङ प्रमुख प्रविण शर्मा, स्वास्थ्य शाखा प्रमुख र साखाका स्वास्थ्यकर्मी, १४ वटा स्वास्थ्य संस्थाका संस्थाप्रमुख र स्वास्थ्यर्कमी र स्वास्थ्य कार्यालयका कार्याक्रम फोकल पर्सनहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको स्वागत शाखाका सिअहेव अधिकृत विष्णु प्रसाद शर्माले स्वगत मन्तब्य राख्नुभएको थियो भने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ तथ्याकं अधिकृत तथा मुख्य प्रशिक्षक दिवाकर शर्मा, स्वास्थ्य कार्यालय बागलुङ प्रमुख प्रविण शर्मा,घनस्याम सापकोटा र स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालले सहजिकरण गर्नुभएको कार्यक्रममा ३६ जना स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । उक्त तालिम संचालन पश्चात बागुलुङ नगरपालिका अन्तरगतका नगर अस्पताल, स्वास्थ्य चौकि, आधारभुत स्वास्थ्य केन्द्र र मातृशिशु स्वास्थ्य क्लिनिक गरि १४ वटा स्वास्थ्य संस्थाहरुले असोज २३ गतेबाट स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाहरु विधुतिय रुपमा अभिलेख गरिने प्रतिबद्धता सहभागिले गर्नुभएको छ । यो संगै बागलुङ नगरपालिकालाइ SMART र डिजीटल नगरपालिका बनाउन सहयोग गर्ने अपेक्षा समेत नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना सन्देस मार्फत गर्नुभयो । उक्त कार्यक्रमको संचालन स्वास्थ्य साखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालले गर्नुभएको थियो ।
Download: बागलुङ नगरपालिकामा विद्युतिय स्वास्थ्य सुचना अभिलेख तथा प्रतिबेदन (eHMIS) सम्बन्धि अभिमुखीकरण
69
