तमानखाेला गाउँ पालिकामा स्वास्थ्यकर्मिहरुको लागि बिधुतिय स्वास्थ्य सुचना रेकर्डिङ र रिपोर्टिङ प्रणालि (EHIRRS) सफ्ट्वयर सम्बन्धी तालिमको उदघाटन ! तमानखाेला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बाग्लुङको समन्वयमा आजबाट शुरु भई २ दिनसम्म सन्चालन हुने EHIRRS सफ्ट्वर सम्बन्धि तालिमको पहिलो दिन तमानखाेला गाउँपालिकाका अध्यक्ष जाेकलाल बुढाकाे अध्यक्षतामा सम्पन्न भएको छ। तालिमको उदघाटन कार्यक्रमका अध्यक्ष जाेकलाल बुढाले गर्नु भएको थियो भने स्वास्थ्य निर्देशनालय गण्डकीका तथ्यांक अधिकृत प्रविण भण्डारी र स्वास्थ्य कार्यालय बागलुङको जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो। तालिममा स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारी र १ देखि ६ वटै वडाबाट २० जना स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख जन स्वास्थ्य निरिक्षक तिल बहादुर छन्त्यालकाे सञ्चालनमा भयको थियो।