बडिगाड गाउँपालिकामा स्वास्थ्यकर्मिहरुको लागि बिधुतिय स्वास्थ्य सुचना रेकर्डिङ र रिपोर्टिङ प्रणालि (EHIRRS) सफ्ट्वयर सम्बन्धी तालिमको उदघाटन ........... बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बाग्लुङको समन्वयमा आजबाट शुरु भई २ दिनसम्म सन्चालन हुने EHIRRS सफ्ट्वर सम्बन्धि तालिमको पहिलो दिन बडिगाड गाउँपालिकाका अध्यक्ष श्री गण्डकी थापा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ,तालिमको उदघाटन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका श्रीमान महानिर्देशक खिम बहादुर खड्का ज्युले गर्नु भएको कार्यक्रममा बडिगाड गाउँपालिका उपाध्यक्ष श्री भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडा न ५ का वडा अध्यक्ष बिष्णु प्रसाद आचार्य ,स्वास्थ्य कार्यालय बाग्लुङका कार्यालय प्रमुख प्रबिण शर्मा,स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत, स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी आचार्य लगाएत स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारी र १ देखि १० वटै वडाबाट ३० जना स्वास्थ्यकर्मिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के सी को स्वागत मन्तब्यबाट शुरुवात भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख प्रबिण शर्मा र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका श्रीमान महानिर्देशक खिम बहादुर खडका ज्युले आफ्नो महत्वपुर्ण भनाई सहित शुभकामना मन्तब्य राख्नु भएको थियो, स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक डिल बहादुर के सी द्वारा सन्चालित कार्यक्रमको समापन बडिगाड गाउँपालिका अध्यक्ष श्री गण्डकी थापा अधिकारिले गर्नु भएको थियो ।