मिति २०८०/०५/१३ गते ढेारपाटनमा ढेारपाटन नगरपालिकाकेा आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा सम्पन्न भएको छ | उक्त कार्यक्रममा पालिका अन्तरगतका ९ वटा स्वास्थ्य संस्थाले गरेको आ व २०७९/८०को प्रगति प्रस्तुतिकरण गरिएको थियो| साथै उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालिकेा अधक्ष्यता,स्वस्थ्य कार्यलय बाग्लुङका प्रमुख प्रविण शर्माकेा विशिष्ट आतित्यथा,वडा अध्यक्ष ज्यु र अन्य शाखा प्रमुखको उपस्थिति रहेको थियो| समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका देव प्रकाश घिमिरे ,खोप सुपरभाईजर राजु खत्री ,फेयरमेड फाउन्डेसन र वि वाई सि बागलुङका प्रतिनिधिहरुको समेत उपस्थितिमा सुचक तथा स्वास्थ्य अबस्था सुदृढीकरण बारेमा छलफल भएको थियो| कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा कार्यरत पोषण सहजकर्ता बेलिकुमारी भुजेलले गर्नु भएको थियो।