• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 068-520308
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

  • हाम्रो बारेमा
    हाम्रो बारेमा दरबन्दी संरचना हाम्रा कार्यहरु कार्यालयका कर्मचारीहरु नागरिक बडापत्र
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • डाउनलोड
    प्रकाशन निर्देशिका फारम तथा अनुसूची वार्षिक प्रतिवेदन
  • स्वत प्रकाशन
    स्वत: प्रकाशन आ.व. २०७९-८० स्वत: प्रकाशन आ.व. २०८०- ८१ स्वत: प्रकाशन आ.व. २०८१- ८२ स्वत: प्रकाशन आ.व. २०८२-८३
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • जनस्वास्थ्य बुलेटिन
    आ व २०७९-८० आ व २०८०/८१ आ व २०८१/८२ आ.व. २०८२/८३
  • सम्पर्क
    जिल्लास्थित विभिन्न जनस्वास्थ्य समिति बागलुङ जिल्लास्थित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सम्पर्क जिल्ला स्थित स्वास्थ्य संस्थाहरु सम्पर्क
  • तालिम सम्बन्धि विवरण
    आ.व. २०८२/८३ मा संचालन गरिएका तालिम र सहभागी आ.व. २०८१/८२ मा संचालन गरिएका तालिम र सहभागी
  • पेरिनेटल तथा नियोनेटल मृत्यु निगरानी तथा प्रतिकार्य
    पेरिनेटल तथा नियोनेटल मृत्यु भर्बल अटप्सी फर्म
  1. गृहपृष्ठ
  2. समाचार
  3. स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग सम्बन्धी आधारभूत तालिम

स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग सम्बन्धी आधारभूत तालिम



बागलुङ -  क्षयरोगको दर पत्ता लगाई उपचार तथा रोकथाममा थप सहयोग पुगोस भन्ने उद्देश्यले शुक्रबार देखी जिल्लाको गलकोटमा स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग सम्बन्धी आधारभुत तालिम सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा तिन दिन सम्म संचालन हुने तालिममा जिल्लाका दश वटै स्थानिय तहमा कार्यरत २२ जना स्वास्थ्यकर्मी सहभागि रहेका छन । 
पछिल्लो समयमा जिल्लामा क्षयरोगको दर बढ्दै गएको हुँदा यसको रोगथामका लागि अझै प्रभावकारी बनाउनका निम्ती तालिमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । तालिम उद्घाटन सत्रमा बोल्दै गलकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुशिल पौडेलले क्षयरोग निको हुने रोग भएका कारण यो लागेपछि विरामीलाई नियमित औषधी सेवनमा स्वास्थ्य कर्मीले थप प्रेरित गर्नुपर्ने बताए । उनले गाउँगाउँमा अझै पनि यसका लक्षण देखिएका व्यक्तिहरुले लुकाउने चलन भएको हुँदा स्वास्थ्यकर्मी खोजी कार्यक्रम सक्रिय हुनुपर्ने बताए । 
नेपाल सरकारले सन २०५० सम्म नेपालमा क्षयरोगको दर शुन्य बनाउने लक्ष्य अनुरुप हरेक गाउँघरमा क्षयरोगका विरामी खोज पडताल अभियान संचालन गरको छ । तालिम पश्चात स्वास्थ्यकर्मीहरुले क्षयरोगका विरामी खोज्ने र उपचारमा गर्नका लागि थप मद्धत पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । जिल्लामा अघिल्लो वर्ष १८० जनता क्षयरोगका विरामी रहेका थिए भने यस वर्षको हाल सम्म ७९ जना विरामी रहेका छन । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बागलुङ क्षयकुष्ठ निरिक्षक घिमिरे र ल्याब टेक्नीसीयन डिल्लीप्रसाद आचार्यले गर्ने छन । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माको अध्यक्षता र खोप सुपरभाईजर राजु खत्रीको संचालनमा सम्पन्न भएको थियो । 

Download: स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग सम्बन्धी आधारभूत तालिम


Share Tweet Share
86
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • स्थानिय तह / अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   जिल्ला प्रशासन कार्यालय
  •   बागलुङ नगरपालिका
  •   गलकोट नगरपालिका
  •   जैमिनी नगरपालिका
  •   ढोरपाटन नगरपालिका
  •   निशिखोला गाउँपालिका
  •   ताराखोला गाउँपालिका
  •   काठेखोला गाउँपालिका
  •   तमानाखोला गाउँपालिका
  •   बरेंग गाउँपालिका
  •   बडीगाड गाउँपालिका
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ

068-520308

baglungdho@gmail.com

https://hobaglung.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office, Baglung 2026