स्वास्थ्य शाखा बडिगाडको आयोजनामा आ.व.२०७९/८० मा सम्पादित स्वास्थ्य संस्थाहरूकाे वार्षिक समीक्षा कार्यक्रमको सम्पन्न भएको छ। आ.व.२०७९/८० मा स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरुको उदघाटन बडिगाड गाउँपालिका उपादध्यक्ष भिमसेन वनको अध्यक्ष्यतामा प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारि,स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रबिण शर्मा,जनस्वास्थ्य निरिक्षक लक्ष्मी आचार्य, जिल्ला खोप सुपरभाइजर राजु खत्री, मलेरिया इन्स्पेक्टर कमला थापा लगाएत वडिगाड गाँउपालिका अन्तर्गत रहेका ७ वटा स्वास्थ्य चाैकीका प्रमुख, ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख र ५ वटा र सामुदायिक स्वास्थ्य ईकाइका प्रमुखहरुको उपस्थित रहेको थियो । वार्षिक समिक्षाको पहिलो र दोस्रो दिन गरि १० वटा प्रस्तुतीकरण रहेको थियो। भाद्र ७ र ८ गते गरि २ दिन सम्म सन्चालन भएको समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बाग्लुङबाट पाल्नुहुने प्रमुख प्रबिण शर्मा लगाएत स्वास्थ्य कार्यालय बाग्लुङका सम्पुर्ण फोकल ब्यक्तित्त्वहरु आफ्नो अमुल्य समय दिई बडिगाड गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा निरन्तर समय र सहजिकरण गरि बडिगाडमा देखिएका कमजोर सुचकहरुलाइ सुधार गर्नको लागि अमुल्य सल्लाह सुझाव दिनु भएको छ। कार्यक्रमको समापन सत्रमा स्वास्थ्य शाखाका बिपेन्द्र के. सी.द्वारा बडिगाड गाउँपालिका स्वास्थ्य शाखाबाट सम्पादित कार्यक्रमहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यस्तै बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको हरेक कार्यक्रममा निरन्तर सहयोग, सहकार्य र समन्वय गर्नु हुने स्वास्थ्य कार्यालय बागलुङ र ग्रामिण स्वास्थ्य सुधार परियोजनालाई सम्मान गरिएको थियो। समापन कार्यक्रम वडा न ५ का वडा अध्यक्ष एवम शुसासन समिती बडिगाडका संयाेजक श्री बिष्णुप्रसाद आचार्यको अध्यक्षतामा प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारि लगाएत विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।