बडिगाड गाउँपालिकामा परिवारिक स्वास्थ्य प्रोफाइलको अभिमुखिकरण तथा गोष्ठी सम्पन्न
बडिगाड गाउँपालिकामा परिवारिक स्वास्थ्य प्रोफाइलको अभिमुखिकरण तथा गोष्ठी सम्पन्न
बडिगाड गाउँपालिकाको आयोजना, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा पारिवारिक स्वास्थ्य प्रोफाइलको अभिमुखिरण कार्यक्रम बडिगाड गाउँपालिका वडा न ९ का वडा अध्यक्ष्य कृष्ण बहादुर के.सी. को अध्यक्ष्यतामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल्ली शर्मा, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रबिण शर्मा, तथ्याङ्क अधिकृत घनश्याम सापकोटा, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत दिवाकर शर्मा र IT अफिसरको सहजिकरणमा स्वास्थ्यकर्मिहरुलाई पारिवारिक स्वास्थ्य प्रोफाइलको अभिमुखिकरण गरिएको छ । स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के.सी को स्वागत मन्तब्यबाट शुरुवात भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रबिण शर्माले शुभकामना राख्नु भएको थियो भने कार्यक्रम सन्चालन जनस्वास्थ्य निरिक्षक हेम पुनले गर्नु भएको थियो ।
Download: बडिगाड गाउँपालिकामा परिवारिक स्वास्थ्य प्रोफाइलको अभिमुखिकरण तथा गोष्ठी सम्पन्न
62
