पुर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
२०७९-१०-१६
स्वास्थ्य कार्यालय बाग्लुङको आयोजना र ताराखोला गाउपालिका, बागलुङको समन्वय मा ताराखोला गाउपालिकाको कार्यालय अर्गलमा " स्थानीय तहको साझेदारी मा पूर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मि " बिषयक १ दिने कार्यक्रम समपन्न भएको छ। पालिका भित्रका प्रसुतीकेन्द्र मा कार्यरत नर्सिङ स्वास्थ्यकर्मी हरुलाइ ANC/PNC visit Protocol र यसै संग सम्बन्धित कार्यसंचालन प्रकृया को अभिमुखिकरण गर्ने उद्वेश्यले राखिएको कार्यक्रम को संचालन ताराखोला स्वास्थ्य शाखामा कार्यरत सि.अ. न .मी शोभा देवि शर्मा तथा स्वास्थ्य कार्यालय, बाग्लुङकि पब्लिक हेल्थ नर्स सीमा कुवरले सहजिकरण गर्नुभएको कार्यक्रम मा ताराखोला गाउपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले कार्यक्रम संग सम्बन्धित आफ्ना भनाइ राख्नुभएको थियो।
Download: पुर्वप्रसुती र उत्तरप्रसुती का घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम
57
