ताराखोला गाउपालिका अन्तर्गत स्वास्थ्य संस्थाको आ.व २०७९/८० को वार्षिक समिक्षा सम्पन्न
ताराखोला गाउँपालिकामा आ.व २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरिय वार्षिक समीक्षाकार्यक्रम आइतबार सम्पन्न भएको छ ।
ताराखोला गाउँपालिका कर्मचारी ,कार्यपालिका सदस्यहरु , स्वास्थ्य संस्थाका प्रमुख तथा क्रमचारीहरू बिच वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरीएको थियो ।
कार्यक्रम मा बोल्दै गाउँपालिका अध्यक्ष धन बहादुर वि क हिमालले 'ताराखोला गाउँपालिकामा रहेको स्वास्थ्यसंस्थाहरु प्रती बिशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । अबका दिनमा थप सिकाइका साथ सिक्दै सिकाउदै अगाडिबढ्नु पर्ने कुरा पनि बताउनुभएको थियो ।'
गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले गत एक वर्षमा गरेका सेवा प्रवाहका बिषयमा अमरभुमी स्वास्थ्यचौकी,अमरभुमी सामुदायिक स्वास्थ्य ईकाई,अर्गल स्वास्थ्य चौकी, हिल स्वास्थ्य चौकी, दोगाडी आधारभुत स्वास्थ्यईकाई र ताराखोला स्वास्थ्य चौकी का प्रमुखहरुले बार्षिक कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य कार्यालय बागलुङ का खोप अधिकृत राजु खत्रीले 'प्रस्तुत प्रतिवेदनहरू उपर प्रत्येक महिनामा खोप लगाउनेमहिलाहरू र बालवालिका हरू पहिचान गरी कुन खोप केन्द्रबाट खोप लागाइएको छ ? त्यो डाटा संकलन गरी खोपलगाउने समयावधिमा स्वास्थ्य ईकाइ र खोप केन्द्रबाट खोप लाइ निरन्तरता दिन आग्रह गर्दै, नेपाल सरकारको नितीनियममा अनुसार गर्भवती महिला र निशुल्क वितरण गरीने औषधी र सुत्केरी आमाहरूलाइ घर घर मा गइ स्वास्थ्यअबस्था जाँच गरी उनीहरूको ख्याल गर्नुपर्ने बताउनुभएको थियो।
Download: ताराखोला गाउपालिका अन्तर्गत स्वास्थ्य संस्थाको आ.व २०७९/८० को वार्षिक समिक्षा सम्पन्न
72
