जैमिनि नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
जैमिनी नगरपालिकाकाे आयाेजनामा मिति २०८०/०५/०९ गते आ.व. २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे वार्षिक समीक्षा सम्पन्न भएकाे छ। कार्यक्रममा नगरपालिकाका प्रमुख नर बहादुर पुन उप प्रमुख श्री हरिहर शर्मा तथा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी, स्वास्थ्य कार्यालय बागलुङका क्ष.कु.नि. देव प्रकनश घिमीरे, ज.स्वा.नि. लक्ष्मी शर्मा र खाे.सु. राजु खत्रीकाे उपस्थिती रहेकाे थियाे। स्वास्थ्य शाखा संयाेजक गाेविन्द प्रसाद शर्माले कार्यक्रममा स्वागत तथा उद्देश्य माथि प्रकाश पार्नु भएकाे थियो भने कार्यक्रम ज.स्वा.नि. तिर्थ पाैडेलले सञ्चालन गर्नु भएकाे थियाे।नगरपालिका प्रमुख नर बहादुर पुनले मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएकाे थियाे ।
Download: जैमिनि नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा सम्पन्न
87
