२२ बुंदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयो स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समिक्षा
फरक तरिका अनि नयापन संगै २२ बुंदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयो स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समिक्षा !
स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७९।०८० मा सम्पादित कार्यक्रमको बार्षिक समिक्षा सम्पन्न गरेको छ। भाद्र २९ र ३० गते २ दिन गरी गत आवमा भएको प्रगती विवरणको समिक्षा गरिएको हो ।कार्यक्रममा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका नीति योजना अनुगमन मुल्याङ्कन महाशाखा प्रमुख एवं स्वास्थ्य कार्यालय बागलुङ पुर्व प्रमुख दिपकप्रसाद तिवारी, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख सुरज गुरौ तथा डा. रमेश केसी, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशाशक अन्जु पौडेल तथा बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्साल तथा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुखहरुको विशेष उपास्थिति रहेको थियो।
कार्यक्रमको उदघाट्न गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले जिल्लाको दुरदराजका आमनागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटेर सर्वसाधारणको जिवन रक्षाका लागि महत्वपुर्ण भुमिका खेल्ने स्वास्थ्यकर्मी धन्यबादको पात्र रहेको बताउनुभयो। उहाले बागलुङका हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा सहज ढंगले पु¥याउन स्थानिय तहले निरन्तर जोड दिनुपर्ने बताउनुभयो। थापाले स्थानिय तहले बजेट विनियोजन गर्दा अन्य कार्यक्रम सरह प्राथमिकतामा राखेर गर्नका निम्ती आग्रह समेत गर्नुभयो।
कार्यक्रममा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका नीति योजना अनुगमन मुल्याङ्कन महाशाखा प्रमुख एवं स्वास्थ्य कार्यालय बागलुङ पुर्व प्रमुख दिपकप्रसाद तिवारी, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एकनारायण लम्साल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्लाको बार्षिक प्रगती र स्वास्थ्य क्षेत्रको अवस्थाको बारेमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले शुक्ष्म विश्लेषण सहित एकीकृत प्रस्तुतीकरण गर्नुभएको थियो ।
दुई दिन सम्म सच्चालन भएको समिक्षा कार्यक्रममा प्रत्येक पालिकाको छुट्टाछुट्टै पोस्टर प्रस्तुतीकरण गरेका थिए भने प्रत्येक सूचकका बारेमा छलफल गर्न विभिन्न थीमेटिक क्षेत्र तोकेर सामुहिक प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा सवै स्थानिय तहका स्वास्थ्य संयोजक, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, र जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल गैहसरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षता, क्षयकृष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
यस वर्ष स्वास्थ्य कार्यालय बागलुङले फरक तथा नयापन संगै आफ्नो वार्षिक समिक्षा सम्पन्न गरेको छ ।एक एक स्थानीय तहको पालो पालो प्रस्तुतीकरण गर्दा सबैको ध्यान केन्द्रित गर्न सहज नहुने तथा छलफल र विश्लेषण कम हुने हुँदा यस वर्ष १० स्थानीय तहको सम्पूर्ण प्रस्तुति २ दिन अगावै संकलन गरी स्वास्थ्य कार्यालयको टिमले सुक्ष्म विश्लेषण सहित एकीकृत प्रस्तुतीकरण तयार गरेको थियो भने सबै स्थानीय तहलाई आफुले सम्पन्न गरेको काम झल्किने गरी पोस्टर प्रस्तुतिको लागि तयारी गरिएको थियो ।साथै विभिन्न ४ थिमेटिक क्षेत्र: खोप तथा बाल स्वास्थ्य, पोषण र स्वास्थ्य, सुरक्षित मातृत्व र परिवार नियोजन तथा रोग नियन्त्रण गरी छुटाछुटै समूह बनाई सामुहिक प्रस्तुति गरिएको थियो भने रोग नियन्त्रण कार्यक्रम अन्तर्गत वृहत छलफल गर्न प्यानल छलफल आयोजना गरिएको थियो ।
साथै स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समीक्षाको अवसरमा विभिन्न सूचकका आधारमा गरिएको मुल्यांकनमा उत्कृष्ट कार्य सम्पदान गरी अग्र स्थान हासिल गर्न सफल सम्पूर्ण स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुलाई हार्दिक बधाई तथा सदैव समुदायको स्वास्थ्य सेवामा समर्पित रहनुहुनेछ भन्ने अपेक्षा सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
• हात्तीपाइले रोग नियन्त्रण अभियानमा उत्कृष्ट कार्य सम्पदान अन्तर्गत उत्कृष्ट स्थानीय तह : बागलुङ नगरपालिका
• आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रम तर्फको प्रमुख उपलब्धि सम्बन्धि पोस्टर प्रस्तुति अन्तर्गत: प्रथम स्थान: गलकोट नगरपालिका, दोस्रो स्थान: बागलुङ नगरपालिका, तेस्रो स्थान: तमानखोला गाउँपालिका र सान्तवना स्थान: बडिगाड गाउँपालिका !
• आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रम तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था अन्तर्गत: प्रथम स्थान: आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङ (बडिगाड), दोस्रो स्थान: बोंगादोभान स्वास्थ्य चौकी (तमानखोला), तेस्रो स्थान: बोहरा गाउँ स्वास्थ्य चौकी (निसिखोला) र सान्तवना स्थान: हटिया स्व्वास्थ्य चौकी (गलकोट)
• आ.व. २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रम तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तह अन्तर्गत: प्रथम स्थान: बडिगाड गाउँपालिका, दोस्रो स्थान: तमानखोला गाउँपालिका, तेस्रो स्थान: गलकोट नगरपालिका
Download: २२ बुंदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयो स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समिक्षा
62
