बरेङ गाउपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको आ.व २०७९/८० को वार्षिक समिक्षा सम्पन्न
बरेङ गाउपालिकाको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा सम्पन्न भएको छ | उक्त कार्यक्रममा पालिका अन्तरगतका ५ वटा स्वास्थ्य संस्थाले गरेको आ व २०७९/८०को प्रगति प्रस्तुतिकरण गरियको थियो| साथै उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,उपाध्यक्ष र वडा अध्यक्ष ज्यु र अन्य शाखा प्रमुखको उपस्थिति रहेको थियो| समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका देव प्रकाश घिमिरे ,खोप सुपरभाईजर राजु खत्री ,फेयरमेड फाउन्डेसन र वि वाई सि बागलुङका प्रतिनिधिहरुको समेत उपस्थितिमा सुचक तथा स्वास्थ्य अबस्था सुदृढीकरण बारेमा छलफल भएको थियो| कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा प्रमुख पदम पुनले गर्नु भएको थियो।
Download: बरेङ गाउपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको आ.व २०७९/८० को वार्षिक समिक्षा सम्पन्न
58
